जापानमा घुम्टे नौमती बाजा समूहको साँगीतिक साँझ सम्पन्न

टोकियो । लोक संस्कृतिको संरक्षण तथा गोरखाको बारपाकका भूकम्प पीडितलाई सहयोग गर्नका लागि घुम्टे नौमती बाजा समूहको लाईभ साँगीतिक साँझ सम्पन्न भएको छ ।

दिपसन फुड्स प्रालिको मुख्य प्रायोजनमा घुम्टे नौमती बाजा समुहले लाईभ सांगीतिक साँझ प्रस्तुत गरेको हो ।

टोकियोको तोसिमा कुमिन हलमा आईतवार आयोजित लाईभ साँगीतिक कार्यक्रममा चर्चित कलाकारहरुले आफ्नो साँगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा प्रख्यात कलाकारहरु कालिका रोका, युवराज आचार्य, सूर्य खड़का, विनोद भण्डारी, पदम खत्री, सबिना गुरुङ, मदन थापा, प्रदिप थापालगायतले आफ्नो प्रस्तुति दिएका थिए भने घुम्टे नौमती बाजाले पनि आफ्नो प्रस्तुती दिएको थियो ।

जापानी समय ५ बजे देखि सुरु भएको सो कार्यक्रममा अतिथी, दर्शकहरूको बाक्लो उपस्थिति थियो।

1 2 3 4 5 6 7 8

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?