जापानीलाई धन्यवादसहित नेपाल भ्रमणको निम्ताे दिने कार्यक्रम स्थगित

Japanटोकियो । नेपालमा विनाशकारी भूकम्प गएको १ वर्ष पूरा भएको अवसरमा आयोजना गर्ने भनिएको कार्यक्रम स्थगित भएको छ ।

जापानस्थित नेपाली राजदूतावास, नेपाल पर्यटन बोर्ड, एनआरएन जापान र जापानमा क्रियाशील विभिन्न संघसंस्था मिलेर आज अप्रिल २५ तारिखका दिन नेपाललाई सहयोग गर्ने जापानीहरुलाई धन्यवाद ज्ञापनसहित नेपाल भ्रमणको सामूहिक निम्तो दिने कार्यक्रम राखिएको थियो ।

गत वर्ष भूकम्प गएको समयमा जापानका विभिन्न संघसंस्थाले राहत संकलन गरेका स्थानहरुमा भेला भई नेपालीलाई गरेको सहयोगको स्मरण गर्दै धन्यवाद दिने भनिएपनि हालै जापानको क्युसुमा हालै गएको भूकम्पले ठूलो क्षति गरेपछि कार्यक्रम स्थगित गरिएको हो ।

जापानको कुमामोतो आसपासलाई केन्द्रविन्दु बनाएर निरन्तर भूकम्प गएपछि भूकम्प प्रभावित नेपाली तथा जापानीहरुलाई सहयोग गर्नु पर्ने अवस्थामा कार्यक्रम आयोजना गर्नु उचित नहुने भन्दै अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरिएको हो ।

साथै नेपाली दूतावास र गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहकार्य र संघ संस्थाको सहयोगमा कुमामोतो क्षेत्रका भूकम्प पीडितका लागि विशेष राहत समिति गठन भइसकेको अवस्थामा सबैलाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न अपिल पनि गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?