जापानमा अमेरिकाको क्षमायाचनाको लागि साेधिन्न : किसिदा

-japan-american-flag-जापान । जापानी विदेश मन्त्री फुमियो किसिदाले जापानले अमेरिकाको माफीप्रति कुनै चासो नराख्ने बताएका छन् ।

विशेष गरी ओबामाले अागामी मे महिनामा हिरोसिमामा गर्नसक्ने भ्रमणलाई लिएर विदेशी मन्त्री किसिदाकाे यस्तो भनाई आएको हो ।

अमेरिकी अधिकारीका अनुसार ओबामा शुक्रबार हिरोसिमा पुग्ने कार्यक्रम रहेको छ ।

अघिल्लाे महिना अमेरिकी विदेश सचिवले हिरोसिमाको भ्रमण गरेका थिए ।

विश्वका धनी राष्ट्रको संगठन जी ७ को शिखर सम्मेलनका लागि ओबामा जापान आउन लागेका हुन् ।

दोस्रो विश्व युद्धका क्रममा अमेरिकाले जापानको हिरोसिमामा आणविक बम खसाल्दा हजारौको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?