प्रवासी नेपाली मञ्च जापानले मई दिवस भव्य रुपले मनाउने

Labour-Dayटोकियो । नेकपा एमालेको प्रवासी संगठन प्रवासी नेपाली मञ्च जापानले मे १ मा अन्तर्राष्ट्रिय मजदुर दिवस भव्य रुपले मनाउने भएको छ ।

आगामी मे १ तारिखका दिन जापानको टोकियोस्थित इकेगामी हलमा मजदुर दिवसको कार्यक्रम भव्य रुपले मनाउन लागेको मञ्चका सचिव तथा प्रचार विभाग प्रमुख राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

विश्वभरीका मजदुरहरुको आन्दोलन र विजयमा ऐक्यबद्धता जनाउन विगत वर्षहरुमा जस्तै यसपटक पनि मई दिवस मनाउन लागिएको हो ।

कार्यक्रमका लागि एमाले सचिव तथा पूर्व पर्यटनमन्त्री पृथ्वी सुब्बा गुरुङ, एमाले बैकल्पिक केन्द्रीय सदस्य राजन राईलगायत समेत सहभागी हुनका लागि जापान आउँदै छन् ।

प्रवासी नेपाली मञ्च जापानले २०१६ मे १ मा इकेगामी हलमा हुने उक्त कार्यक्रममा सहभागी हुनका लागि एमालेका कार्यकर्ता, समर्थक शुभेच्छुकलगायत जापानबासी सबैमा सहभागिताका लागि अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?