टाेकियाे । जापानकाे शिजुअाेकामा एक व्यक्तिले एकै परिवारका ३ जनाकाे हत्या गरेका छन् भने अन्य एक जना घाइते भएका छन् ।
अाफ्नै परिवारका ३ सदस्यकाे हत्या गरेकाे अाराेपमा शिजुअाेकाका याेशिताकालार्इ जापान प्रहरीले पक्राउ गरेकाे हाे ।
३१ वर्षीय ति व्यक्तिले ८३ वर्षीय हजुरअामा, ६२ वर्षीय अामा र ३२ वर्षीय बहिनीकाे हत्या गरेका हुन् भने एक जना घाइते रहेका छन् ।
उनलार्इ घटनास्थलभन्दा ४ किलाेमिटर टाढा बिहान ७ बजे प्रहरीले पक्राउ गरेकाे हाे । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।