जापान। जापानको शिनओकुबो स्थित नेपाली मुरा हलमा रामेछाप समाज जापानको भेला सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष सुदन थापाको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलाले रिकेश श्रेष्ठको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिले समाजको संरक्षकमा सोनाम शेर्पा र सल्लहाकारहरुमा रिजन लामा र सुर्यलाल श्रेष्ठलाई मनोनयन गरेको छ ।
सो भेलामा मनोनित नयाँ कार्यसमितिलाई एनआरएन जापानका सचिव बुद्दिराज घिमिरे, सिदार्थ रेका प्रमुख बाबुराम भण्डारी, कान्तिपुर दैनिकका सह सम्पादक फूल मान वम र नेपाल सन्देश डट कमका अध्यक्ष रविन्द्र श्रेष्ठले शुभकामना व्यक्त गरेका थिए ।
रामेछाप समाज जापानको नयाँ कार्यसमितिको नामावली
अध्यक्ष: निकेश श्रेष्ठ
उपाध्यक्ष :
- टासी लामा
- उत्तम श्रेष्ठ
- लाल घिसिंग
महासचिव : पर्शुराम बस्नेत
सचिव : सोम लामा
सहसचिव : सागर मोक्तान
कोषाध्यक्ष: पूर्ण तामाङ
सह कोषाध्यक्ष: सुशिला मोक्तान
सदस्यहरु
- शशी घिसिङ
- तेज लामा
- गौरव लामा
- प्रकाश श्रेष्ठ
- यज्ञ राज श्रेष्ठ
- अमर श्रेष्ठ
- सेचन लामा
- पाशाङ शेर्पा
- उमेश कुमार योन्जन
- नविन पोख्रेल
- सुजाता लामा