जापानकाे भूकम्पमा परी मृत्यु हुनेकाे संख्या २२ पुग्याे, ठूलाे जनधनकाे क्षति

7328406-3x2-700x467टाेकियाे । जापानको दक्षिण भूभागमा तीन दिनयतादेखि लगातार गइरहेका भूकम्पका कारणा ठूलाे धनजनकाे क्षति भएकाे छ । 

क्युसु क्षेत्रमा नै शनिबार बिहान ७.३ रिक्टर स्केलको अर्काे शक्तिशाली भूकम्पमा परि अहिले सम्म २२ जनाकाे मृत्यु भएकाे पुष्टि भइसकेकाे छ । केही स्थानीय भवनमा कैयौं व्यक्ति च्यापिएर रहेका बताइएको छ ।

रातिको समयमा भूकम्प आएपछि भाग्ने क्रममा सयौं व्यक्ति घाइते भएकाे जनाइएकाे छ । तर घाइतेको पूरै सङ्ख्या भने यकिन भइसकेकाे छैन ।

बारम्बारको भूकम्पका कारण जनजिवन प्रभावित भएको छ । शनिबार बिहानी पख गएको सो शक्तिशाली धक्कापछि पहिरो समेत गएको छ । क्षतिको विवरण लिने काम भइरहेको छ । सडक, पुल, बिजुली र अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको छ ।

शुक्रबार नै अधिकांश सेवाका क्षेत्रहरु बन्द गरिएको थियो । स्थानीय बजार बन्द छ भने सेयरको कारोबारमा पनि कमी आएको छ । त्यसमा शनिबार थप क्षति पुगेपछि उद्वारको काम तदारुकताका साथ भइरहेको जनाइएको छ ।

जापानको दक्षिणपश्चिमी द्वीप क्युसुमा बिहीबार राति ६.४ रिक्टर स्केलको भूकम्प गएको थियो ।

राजधानी टोकियोबाट शुक्रबार प्राप्त समाचारमा उक्त द्वीपमा सो भूकम्पबाट आसपासको क्षेत्रमा समेत बिजुली आपूर्ति बन्द भएको छ ।

सो क्षेत्रमा भूकम्पका कारण कैयौं कम्पनीमा क्षति पुगेको छ । कैयौं पूर्वाधार भत्किएका छन् भने अरु केही स्टील तथा अन्य धातुका कम्पनीहरुमा पनि क्षति पुगेको छ ।

यस भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको जापानको मौसम विज्ञान निकायले जानकारी दिएको छ । त्यसपछिका पराकम्पहरुका आइरहेको भएपनि परिस्थिति शुक्रबार सामान्य बनिसकेको थियो । तर पछि फेरि अर्काे ठूलो धक्काले जनजिवन निकै नै प्रभावित पारेको छ ।
बिहीबार साँझको गएको ६.५ रिक्टर स्केलको भूकम्पको करिब आधा घन्टापछि ५.७ रिक्टर स्केलको पराकम्पन आएको थियो । यस भूकम्पको केन्द्रबिन्दु आसपासको नै इलाकामा रहेको र १० किलोमिटर मात्र गहिराइमा रहेको छ ।

त्यसपछि शनिबार बिहानीपख अर्काे शक्तिशाली भूकम्प गएको छ । यसबाट जापानमा तीन दिनमा लगातार तीन ठूला भूकम्पको महसुस भएको छ । शनिबारको भूकम्पले ठूलो क्षति पुगेको बताइएको छ ।

शनिबार बिहानको भूकम्पको केन्द्रबिन्दु किन्सुकै दक्षिणपश्चिमी क्षेत्रमा अवस्थित कुमामोतो जिल्ला रहेको हो । सो भूकम्पले पु¥याएको क्षतिको पूर्ण विवरण आएको छैन ।

भूकम्पका कारक एक स्थानीय अस्पतालको भवन भत्किएको र त्यसमा केही व्यक्ति च्यापिएर रहेको बताइएको छ । तर पनि त्यसमा के कतिजना च्यापिएका छन् भन्ने बारेमा भने केही बताइएको छैन ।

भूकम्पपछि लगत्तै आसो पहाडमा पहिरो गएको छ । त्यसैगरी त्यसको आसपासका क्षेत्रमा ज्वालामुखी पनि आएको छ । तर यसको बारेमा भने थप विवरण दिइएको छैन ।

उद्वारको काममा ठूलो सङ्ख्याका सुरक्षाकर्मी लागेका छन् । २० हजार भन्दा बढीको सङ्ख्याका सुरक्षाकर्मीले उद्वारको काम गरिरहेका बताइएको छ ।

गएराति एक बजेको हजारौं नागरिकले सडकमै रात बिताएका छन् । शनिबार दिउसोसम्म पनि उनीहरु घरभित्र पस्न सकिरहेका छैनन् ।

हिजो भूकम्प लगत्तै सुुनामीको खतरा देखाइएको थियो । जसका कारण नागरिकमा थप त्रास फैलिएको थियो । तर शनिबार बिहानदेखि नै यो सम्भावना नरहेको भन्दै अर्काे सूचना जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?