भूकम्पपछि जापानमा रहेका नेपालीलार्इ यस्ताे अपिल

japan1टाेकियाे । जापानकाे दक्षिणी क्युशु क्षेत्रलार्इ केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएपछि गैरअावासीय नेपाली संघ (एनअारएन) र नेपाल–जापान अध्ययन केन्द्रले नेपालीलार्इ सुरक्षित रहन अाग्रह गरेका छन् । 

शुक्रबारराति कुमामोटो शहर कुमामोतोमा ७ दशमलव ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएकाे हाे । 

संघले कुमामोटो अहिले करिब २२१ नेपालीहरु रहेको भन्दै सबैलाई सुरक्षित स्थानमा बस्नका लागि आग्रह गरेको छ।

यसैगरी संघले त्यहा रहेका नेपालीहरुले आफुहरु सुरक्षित रहेको जानकारी गराउन आग्रह गर्दै नाम, ठेगाना र सम्पर्क नम्बर उपलब्ध गराउन संघले अपिल गरेको छ ।

शुक्रबारको भूकम्पका कारण अहिलेसम्म १५ जनाको ज्यान जापान टुडेले जनाएको छ । भूकम्पपछि बाँध भत्किएकाले स्थानीयलार्इ सुरक्षित स्थानमा लगिएको छ ।

भूकम्पपछि धेरै मानिस बाहिर सडकमा बसेका छन् । उद्दार तथा राहतको कार्य तिब्र पारिएको सरकारी अधिकारीले जनाएका छन ।

यसअघि क्युशु आइल्याण्डको कुमामोटो नै केन्द्रविन्दु भएर बिहीबार राति ६ दशमलव ४ रेक्टर स्केलेको भूकम्प जाँदा ९ जनाको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?