जापानमा फेरि शक्तशाली भूकम्प, १५ जनाको मृत्यु, सयाैं घाइते

japanजापान । जापानको दक्षिणी क्युशु क्षेत्रमा अर्को शक्तिशाली भूकम्प गएकाे छ ।

शुक्रबारराति नेपाली समय अनुसार ९ बजेर १० मिनेट जाँदा जापानको दक्षिणी क्युशु आइल्याण्डको कुमामोटो शहर केन्द्र विन्दु भएर ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पपछि कम्तिमा ५० भन्दा बढि परकम्प गएका छन् । भूकम्पका कारण जमिनमा फाटेको छ भने आवासीय भवन भत्किएका छन् ।

यो भूकम्पका कारण अहिलेसम्म १५ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ भने भूकम्पबाट सयाै घाइते भएका छन ।

यसअघि क्युहशु आइल्याण्डको कुमामोटो नै केन्द्रविन्दु भएर बिहीबार राति ६ दशमलव ४ रेक्टर स्केलेको भूकम्प जाँदा ९ जनाको ज्यान गएको थियो ।

शुक्रबार रातिको भूकम्पपछि बाँध भत्किएकाले गाउँलेलाई सुरक्षित स्थानमा लगिएको छ ।

शुक्रबारको भूकम्पका कारण एउटा सार्वजनिक भवन भत्किएको तथा एउटा अस्पताल असुरक्षित भएका कारण खाली गराइएको छ ।

भूकम्पपछि धेरै मानिस बाहिर सडकमा बसेका छन् । कम्तीमा ६० जना मानिस एक पुरानो भवनमा धुनिएको र उनीहरुलाई सुरक्षित निकाल्ने प्रयास भइरहेको छ ।

पहिले यो भूकम्प ७ दशमलव १ रेक्टर स्केलको भनिएकोमा पछि ७ दशमलव ३ रेक्टरको रहेको पुष्टी गरिएको थियो । उद्दार तथा राहतको काम भइरहेको सरकारी अधिकारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?