बारपाकलाई सहयोग गर्न जापानमा घुम्टे नौमती बाजा समूहको साँगीतिक साँझ

टोकियो । घुम्टे नौमती बाजा समूहले जापानमा लाईभ साँगीतिक साँझ आयोजना गर्ने भएको् छ ।

लोक संस्कृतिको जगेर्नाका साथै गत वर्ष बैशाख १२ मा गएको विनाशकारी भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकका पीडितलाईं सहयोगार्थ कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

साँगीतिक साँझमा कलाकारहरु ताउ सुवा गुरुङ, विनोद भण्डारी, प्रदिप कार्की, पदम खत्री, सूर्य खड्का, मदन थापा, कालिका रोकालगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

साँगीतिक साँझ यही अप्रिल २४ तारिख आइतबार साँझ ५ बजे टोकियो हिगासी इकेबुकुरो १–२०–१० स्थित तोशिमा कुमिन सेन्टर हलमा हुनेछ ।

साँगीतिक साँझको टिकट मूल्य २ हजार जापानी येन राखिएको छ ।

Sangitik sajh- Naumati Baja samuha

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?