जी–७ को बैठकमा साउथ चाइना सिको विषय उठेपछि चीन रुष्ट

G7टोकियो । जापानको हिरोसिमामा भइरहेको आर्थिक शक्ति सम्पन्न मुलुक जी–७ को बैठकमा साउथ चाइना सिको विषयमा कुरा उठेपछि चीन रुष्ट बनेको छ ।

जी–७ का विदेशमन्त्रीहरुको बैठकमा चीन र जापानले आ–आफ्नो दावी गरिरहेको साउथ चाइना सिको विषयलाई लिएर छलफल चलेको थियो ।

जी–७ मा उपस्थित सदस्यहरले चीनले विवादित रहेको टापु आफ्नो भएको दावी गरेको विषयमा आपत्ति प्रकट गरेका थिए । त्यसलगत्तै चीनले यस प्रकारका गैरजिम्मेवार बहस तत्काल रोक्न माग गरेको थियो ।

जी–७ का विदेशमन्त्रीहरुले चिनियाँ कदमले तनाव सिर्जना गर्ने भन्दै तत्काल रोक्न आग्रह गरेका थिए ।

चीनलेसाउथ चाईना सि र पूर्वी चाईना सि आफ्नो भएको बताउँदै आएको छ । स्याटलाईट तस्वीरका अनुसार चीनले समुन्द्र माथिको टाँपूको क्षेत्रफल भने बढाउदै लगेको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?