जापानमा रहेको एभरेष्ट इन्टरनेशनल स्कुलको तेस्रो वार्षिकोत्सव सम्पन्न

Everest School 2टोकियो । जापानमा रहेका नेपालीहरुद्वारा सञ्चालित एभरेष्ट इन्टर्नेशनल स्कुलको तेस्रो वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।

वार्षिकोत्सव कार्यक्रममा अघिल्लो शैक्षिक सत्रमा सर्वोत्कृष्ठ नतिजा ल्याउने अमन तामाङ, सबैभन्दा धेरै विद्यालयमा उपस्थिति जनाउने शुभ श्रेष्ठ र स्नेहा खरेललाई पुरस्कार प्रदान गरिनुका साथै विद्यालयलाई सहयोग गर्ने अभिभावकहरुलाई समेत सम्मान गरिएको थियो ।

विद्यालयको शैक्षिक गतिविधिमा विभिन्न ढंगले सहयोग गर्ने वसन्त गौचन, निरा उपाध्याय, सगुन राना, युका रावत, केइको होरिउची र तोमोको कोमात्चुजाकीलाई सम्मान गरिएको हो ।Everest School 6

यसैगरी जापानी समुदायको तर्फबाट स्कुललाई सहयोग गर्ने सुगिनामी कल्चर एसोशियशनका निर्देशक ताकाहासी खाजुहिरोलाई पनि सम्मान गरिएको थियो ।

स्कुल व्यवस्थापन समितिका अध्यक्ष डा.भूपालमान श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थीहरुले मौलिक नेपाली सँस्कृति झल्कने विभिन्न नृत्य प्रदर्शन गर्नुका साथै हास्य प्रहसन, लघुनाटक तथा अन्य रोचक प्रस्तुतिहरु समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रमका सभापति डा.श्रेष्ठ, बिशेष अतिथिहरु एनआरएन जापानका अध्यक्ष सुदन थापा र सुगिनामी वार्डका सिटी काउन्सिलर वातानावे फुजिओले सामुहिकरुपमा रिबन काटेर वार्षिक उत्सव कार्यक्रमको उदघाटन गरेका थिए ।Everest School 1

कार्यक्रममा स्कुल व्यवस्थापन समितिका सल्लाहकार समेत रहेका एनआरएन आइसीसीका उपाध्यक्ष भवन भट्टले एभरेष्ट इन्टर्नेशनल स्कुल डायस्पोरामा रहेका आम नेपालीहरुको गौरवको विषय भएको बताए ।

उनले नेपाल सरकारबाट मान्यता प्राप्त मुलुकबाहिरको एक मात्र नेपाली पाठ्यक्रम अनुसार पढाई हुने जापानमा रहेको एभरेष्ट इन्टर्नेशनल स्कुलले संसारभरिका नेपालीहरुसमक्ष राम्रो सन्देश प्रवाह गरेको समेत बताए ।Everest School 4

एनआरएन जापानका अध्यक्ष सुदन थापाले आगामी दिनमा विद्यालयले थप प्रगति हासिल गर्दै जाने विश्वास व्यक्त गरे ।

स्कुलका प्रिन्सिपल प्रदिप थापाले एभरेष्ट इन्टर्नेशनल स्कुलले छोटो समयमै गरेको प्रगति र भावी कार्ययोजनाका बारेमा जानकारी गराएका थिए ।Everest School 5

कार्यक्रममा चर्चित नेपाली हाँस्य कलाकार सुलेमान शंकर ‘इकु’ ले हाँस्य प्रस्तुति प्रस्तुत गरेका थिए ।

ब्यवस्थापन समितिका अध्यक्ष डा।श्रेष्ठले तीन वर्ष अगाडि १५ जना विद्यार्थीबाट सुरु गरिएको स्कुल अहिले १ सय ४० जना विद्यार्थीसहित शिक्षक शिक्षिका, कर्मचारी, अभिभावक र प्रोमोटर गरी ४ सय भन्दा बढि पुगेर एभरेष्ट स्कुलको परिवार ठूलो भएको जानकारी गराए । Everest School 3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?