टोकियोमा हुने म्युजिक मेलामा आउने कलाकारहरु निश्चित

Music Melaटोकियो । जापानमा आगामी मे १ तारिखका दिन गर्न लागिएको म्युजिक मेलाका लागि सुगम पोखरेलसहित ५ जना कलाकारहरु आउने निश्चित भएको छ ।

म्युजिक मेलाका लागि पोखरेलसहित नविन पौडेल, सम्झना लामिछाने मगर, साहिमा श्रेष्ठ र निर्णय एनएसके जापान आउने निश्चित भएको हो ।

मिडिया म्यासेज प्रा. लिद्वारा सञ्चालित नेपाल सन्देश डट कमको तेस्रो वार्षिक उत्सवको उपलक्ष्यमा मे १ तारिखमा ओतासिटी स्थित इकेगामी हल टोकियोमा म्युजिक मेलाको आयोजना गरिँदै छ ।

म्युजिक मेलाका लागि जापानमा टिकट वितरणको काम समेत सुरु भइसकेको कार्यक्रम संयोजक नविन निउरेले जानकारी दिए ।

टिकटको मूल्य भीभीआईपीका लागि १० हजार येन र सामान्य टिकटको २५ सय जापानी येन राखिएको छ ।

मे १ तारिख बेलुका ४ बजेदेखि सुरु हुने म्युजिक मेलामा सहभागी हुन जापानमा रहेका सम्पूर्ण नेपालीहरुमा मिडिया म्यासेज प्रा.लिले अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?