जापानी प्रधानमन्त्री आवेले अर्को महिना रुसको भ्रमण गर्ने

Vladimir Putin and shinzo-abeटोकियो । जापानी प्रधानमन्त्री सिन्जो आवेले आगामी महिना रसियाको भ्रमण गर्ने भएका छन् ।

रसियाको प्रशासनिक केन्द्र क्रेमलिनले समेत आगामी मे महिनामा जापानी प्रधानमन्त्री सिन्जो आवेले रसियाको भ्रमण गर्ने जनाएको छ ।

आवेले भ्रमणका क्रममा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलगायतका रसियाली नेताहरुसँग दक्षिणी रसियाको कुरिल्स र उत्तरी जापानस्थित विवादास्पद टापुका बारेमा छलफल गरी विवादलाई टुङ्ग्याउन प्रयास गर्ने जनाइएको छ ।

रसिया र जापानीबीचको विवाद दोस्रो विश्वयुद्धको अन्त्य गर्ने सहमतिपश्चात् मत्थर भएपनि ती टापुबारे आ–आफ्नो दाबी कायमै रहँदै आएको छ ।

जापानी सञ्चारमाध्यमले पनि आवेको भ्रमण सम्भावनालाई स्वीकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?