म्याग्देली सञ्जाल जापान अब मोनामा, अध्यक्षमा महेन्द्र बानिया

mona 2टोकियो । म्याग्देली सञ्जाल जापानको पाँचौ अधिवेशन महेन्द्र बानिया (बेनी) को अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिपक केसी (घतान), महासचिवमा खेम मल्ल (देबिस्थान), सचिव नरेन्द्र सापकोटा (बरङ्जा), कोषाध्यक्ष दिपककुमार खड्का (सिंगा), सहसचिव लिल केसी (मराङ) चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा ज्ञानेन्द्र केसी (बेनी), देबेन्द्र भण्डारी (मुना), प्रेम पुन (दग्नाम), राम खड्का (घार), सरस्वती पुन (शिख), ताराबहादुर कार्की (राखु), रेशम भण्डारी (मुना), हेमकुमार जुग्जाली (बिम) र खम्मर पुन (मराङ) रहेका छन् ।

समितिमा जिल्लाका सबै क्षेत्र, वर्ग र समुदायको प्रतिनिधित्व हुने गरी दुई जना उपाध्यक्ष र ४ जना सदस्यहरु आगामी पहिलो बैठकलेबाट मनोनित गरिने जनाइएको छ ।

अधिवेशनले संस्थाको कार्यप्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन सामान्य संशोधन सहित पारित गर्नुका साथै ५ बूँदे घोषणापत्र समेत जारी गरेको छ ।

पाँच बुँदे घोषणा पत्रमा म्याग्दीलाई फ्रिवाइफाइ जिल्ला बनाउने अभियानलाई जापानबाट सक्दो टेवा पुर्‍याउन निबर्तमान अध्यक्ष महेन्द्र खड्काको संयोजकत्वमा एक कार्यदल गठन गर्ने, संस्थाको नाम संशोधन गरी ऐतिहासिक अस्तित्व कायमै रहने गरी म्याग्देलीहरुको अन्तर्राष्ट्रिय सञ्जाल मोनासँग एकरुपता कामय गर्ने, आगामी दुई वर्षे कार्यकालका लागि स्पष्ट भावी कार्ययोजनासहित संस्थालाई नयाँ ढंगले थप गति प्रदान गर्ने, जापानमा छरिएर रहेका म्याग्देलीहरुलाई गोलबन्द गर्दै जिल्लाका भैपरी आउने कार्यहरुमा सम्भावित सहयोग जुटाउन क्रियाशील रहने र जापानमा रहेका सबै संघसंस्थाहरुसंग पारस्परिक सम्बन्ध र सहकार्य विस्तार गर्दै गर्दै नेपाली समुदायको हितमा क्रियाशील रहने लगायत रहेका छन् ।

सञ्जालका अध्यक्ष महेन्द्र खड्काको सभापतित्वमा भएको पाँचौ अधिवेशन समारोहको प्रमुख अतिथि म्याग्देलीहरुको अन्तर्रष्ट्रिय सञ्जाल मोनाका केन्द्रिय अध्यक्ष योगेन्द्रबहादुर क्षेत्री र वरिष्ठ उपाध्यक्ष बिनोद कुंवरले पानसमा दीप प्रज्वलन गरी सामुहिक रुपमा उदघाटन गरेका थिए ।mona 1

कार्यक्रममा बोल्दै मोना अध्यक्ष क्षेत्रीले बिश्वभर छरिएर रहेका म्याग्देलीहरुलाई गोलबन्द गर्दै म्याग्दी जिल्लाको बिकासमा सहभागी गराउन मोना लागिपरेको बताए ।

बेलायतमा बस्दै आएका एनआरएन आइसीसीका सदस्य समेत रहेका क्षेत्री अधिवेशनका लागि जापान आएका हुन् ।

बिशेष अतिथि मोनाका वरिष्ठ उपाध्यक्ष बिनोद कुँवरले नेपालकै पहिलो निःशुल्क वाईफाई जिल्ला बनाउने अभियानमा बिश्वभर रहेका म्याग्देलीहरु जुर्मुराईरहेको बताए ।

अधिवेशन समारोहमा गुल्मेली समाज जापानका अध्यक्ष शालिकराम भण्डारी, सञ्जालका सल्लाहकार गमप्रसाद जुग्जाली लगायतले शुभकामना व्यक्त गरेका थिए ।

अधिवेशन समारोहमा सञ्जालका सल्लाहकार समेत रहेका निर्वाचन समितिका संयोजक तिलक मल्लले सर्वसम्मत निर्वाचित नयाँ कार्यसमितिको घोषणा गरेका हुन् ।

Mona
अधिवेशनको निर्णयअनुसार २००७ सालमा स्थापना भएको म्याग्देली सञ्जाल जापान अब म्याग्देली प्रवासी नेपाली संघ (मोना) जापानका नामले चिनिने छ ।

अधिवेशन समारोहपछि आयोजित च्यारिटी डिनर कार्यक्रममा सञ्जय गुरुङ, शान्तिश्री परियार, देवराज आले मगर, शिला गुरुङ, सोना केसी, सलिना नेपाली, बम पुन, हिराबहादुर श्रीष लगायतका रोधी क्लवका कलाकारहरुले साँगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?