जापान आउँदै गरेको जहाजमा योगा गर्नेलाई यस्तो सजाय

yoga-genericएजेन्सी । एउटा ठूलो यात्रुबाहक जहाज जुन अमेरिकाको हवाईदेखि जापानको लागि उडेको थियो ।

तर जहाज अमेरिकामै फर्किएर होनोलुलुमा यात्रु झार्न बाध्य भयो । जहाजमा यात्रारत एकजना यात्रुले क्रु–मेम्बरलाई अवज्ञा गर्दै जहाजको किचन क्षेत्रमा योगा गर्न पाउनुपर्छ भन्दै दबाब दिएका थिए ।

ह्योन्याचे पाई, ७२ वर्षीय व्यक्तिलाई फेडेरल कोर्टले क्रिउ मेम्बरमाथि हस्तक्षेप गर्दै डिस्टर्ब गरेको आरोप लगाइएको छ । पाईले क्रिउ मेम्बरको निर्देशनको पालना गरेका थिएनन् ।

भोजन सेवा गरिरहेको समय उनी किचन क्षेत्रपर्फ योगा तथा ध्यान गर्न लागेका थिए । उनीसँगै जहाजमा रहेकी श्रीमतीले उनलाई मनाउन प्रयास गरेकी थिइन् । उनी दक्षिण कोरियाका एक किसान थिए, जो जापान हुँदै फर्किदै थिए ।

उनका अधिवक्ता जे.टी किमका अनुसार, हवाई राज्यको भ्रमणपछि घर फर्किदै थिए । हवाई भ्रमणका क्रममा निद्रा नपुगेको भन्दै उनले आफूलाई शान्त राख्न जहाजमै योगा गर्न लागेको बताइएको छ ।

पाईलाई २५ हजार डलर जमानीमा छाड्न फेडरल कोर्टबाट आदेश तोकिएको छ । तर उनले केही समय ओआहु टापुमै दिन गुजार्नुपर्नेछ । यदी उनी अपराधी ठहरिएमा उनले २० वर्ष जेल जीवन विताउनुपर्नेछ । आजको साँघु साप्ताहिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?