‘फूलैफूलको मौसम तिमीलाई’ प्रदर्शनबाट उठेको रकम डिसीलाई हस्तान्तरण

full2टोकियो । जापानको टोकियोमा नेपाली कथानक चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ प्रदर्शनबाट उठेको रकम निर्देशक तथा निर्माता दिनेश डिसीलाई हस्तान्तरण गरिएको छ ।

जापानको टोकियोमा चलचित्र प्रदर्शनबाट उठेको २ लाख ५६ हजार ६९७ जापानी येन टोकियोको सोलमारीस्थित नेपाली मुरा हल शिन ओकुबोमा म नेपाली ग्रुप जापानकी संयोजक स्मृति आचार्यले निर्देशक डिसीलाई उक्त रकम हस्तान्तरण गरेकी हुन् ।Japan photo 1शनिबार नै उक्त चलचित्रको दोस्रो च्यारिटी शोको आयोजना गरिएको थियो । सोही कार्यक्रममा रकम हस्तान्तरण समेत गरिएको हो ।

यसअघि मार्च २७ तारिखका दिन गरिएको प्रदर्शन र आज अप्रिल २ तारिख शनिबार अन्तरक्रिया तथा डकुमेन्ट्री प्रदर्शनका क्रममा उठेको रकम समेत हस्तान्तरण गरिएको हो । प्रदर्शनमा कुल ५ लाख ३८ हजार ६९७ जापानी येन संकलन भएकोमा १ लाख ९८ हजार खर्च कटाएर बाँकी रहेको रकम हस्तान्तरण गरिएको हो ।

झोलुङ्गे पुल निर्माणका लागि थप सहयोगी दाताबाट उठ्न वाँकी रहेको ८४ हजार दोश्रो चरणमा हस्तान्तरण गरिने ग्रुपकी संयोजक आचार्यले बताईन् । सो रकम २ हप्ता भित्र निर्देशक डिसीलाई हस्तान्तरण गरिनेछ ।

चलचित्र प्रदर्शनबाट उठेको उक्त रकम नेपालको धादिङ जिल्लाको मझुवामा तुइनबाट विद्यालय जाने बालबालिकाहरुका लागि झोलुङ्गे पुल निर्माण गर्न खर्च गरिने निर्देशक डिसीले बताए ।

म नेपाली ग्रुप जापानको आयोजनामा भएको उक्त कार्यक्रममा नेपाल सन्देश डट कम मिडिया पार्टनर रहेको थियो ।japan Photo 2full1full2full3full4full5denesh2deseshde3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?