बलेवा सेवा समाज जापान र ‘वि फर अल’ द्वारा ३ स्कुलको पुनर्निर्माण

school 1काभ्रे । भूकम्प पीडितको सेवामा समर्पित भइरहेको युवा कलाकर्मीहरुको समूह ‘वि फर अल : हामी सबैका लागि’ ले काभ्रेको बिकट क्षेत्र पोखरी चौरीमा ३ वटा विद्यालय भवनको पुनर्निर्माण गरेको छ ।

गत बैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएका ती विद्यालयहरु पुनर्निर्माण गरी हस्तान्तरण गरिएको हो ।

करिब १० लाखको लागतमा १४ कोठाका बालहित प्रावि, महादेव प्रावि र सारेपोखरी प्राविका भवनहरु हस्तान्तरण गरिएको हो ।

विद्यालय भवन पुनर्निर्माणका लागि बलेवा सेवा समाज जापान, अभिनेत्री जल शाह, साहित्यकार प्रेमा शाह (अमेरिका), धर्म अधिकारी (अस्ट्रेलिया), सुवास महत (अस्ट्रेलिया), अभिनेत्री सुमिना श्रेष्ठ र उध्यमी सुशील पोखरेलको आर्थिक सहयोगमा ‘वि फर अल’ समूहले विद्यालय भवनहरु पुनर्निर्माण गरेको हो ।

school 3

विद्यालय भवन हस्तान्तरण कार्यक्रममा बोल्दै समूहका संयोजक सुरेश दर्पण पोखरेलले आजको बालकालिका भविष्यका कर्णधार भएको भन्दै उनीहरु विद्यालय भवनको अभावमा शिक्षाको उज्यालो घामबाट बन्चित नहोउन भनेर आफूहरु विकट गाउँसम्म आएर विद्यालय भवन निर्माण गरेको बताए ।school 2

कार्यक्रममा तीन वटै विद्यालयका शिक्षक विद्यार्थी, अभिभावाक तथा स्थानीयवासीको सहभागिता थियो ।

यसैगरी अभिनेत्री नन्दिता केसी, सुमिना श्रेष्ठ, नायक यसराज गराच, बलेवा सेवा समाजका नवनिर्वाचित अध्यक्ष दीपेन्द्र केसी, व्यवसायी सुशील पोखरेल, छायाँकार राजन काफ्ले, लगायतको सहभागिता थियो ।

school 4

भूकम्प गएको एक वर्ष वित्न लाग्दा समेत सरकारी स्तरबाट कुनै वास्ता नभइरहेका बेलामा कलाकारहरुले गरेको सहयोगले आफूहरुलाई नतमस्तक बनाएको स्थानीयले बताएका छन् । उक्त कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक सामग्रीसमेत प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?