जापानमा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

Japanटोकियो । जापानमा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

स्थानीय समयअनुसार बिहान ११ बजेर ३९ मिनेटमा शक्तिशाली भूकम्प गएपनि सुनामीको कुनै खतरा नरहेको अधिकारीहरुले जनाएका छन् ।

जापानको दोस्रो ठूलो शहर ओसाकादेखि १७० किलोमिटर टाडा प्रशान्त महासागरको तटीय क्षेत्रमा १० किलोमिटर मुनी केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्पका कारण कुनैपनि भौतिक संरचनामा क्षति पुगेको तथा मानिसहरु घाइते र हताहती भएको अहिलेसम्म जानकारी आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?