जापान गइरहेको विमानका यात्रुले योग गर्न सिट छाडेपछि…

yoga-genericटोकियो । आफ्नो सिटमा बसेर योग गर्ने इच्छा राख्ने एक यात्रुका कारण जापान आउँदै गरेको एक विमान फर्किएको खबर सार्वजनिक भएको छ ।

युनाइटेड एयरलाइन्सको यो विमान २६ मार्चमा होनोलुलु अन्तराष्ट्रिय विमानस्थलबाट नारिता अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने थियो ।

चालकले ह्योताई पाई नामका यात्रुले चालक दलका सदस्य र आफ्नी पत्नीलाई समेत धक्का दिन थालेपछि विमान फर्काएका थिए ।

एफबीआईका अनुसार उनी आफ्नो सिटमा बस्न चाहदैन थिए । सोही कारण उनले विमानको पछिल्लो भागमा गएर योग र ध्यान गर्ने बताए ।

उनलाई विमान परिचारिका र उनकी आफ्नै पत्नीले आफ्नो सिटमा बस्न आग्रह गरेपछि उनी रिसाएका थिए । ति यात्रुले संसारमा कोही भगवान नभएको भन्दै अन्य यात्रीमाथि आक्रमण गर्ने धम्की दिँएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?