जापानीभाषा वक्तित्वकलामा म्याग्दीका प्रदीप कार्की प्रथम

1टोकियो । जापानको नेपाकेनमा आयोजना गरिएको पाँचौ जापानी भाषा वक्तित्वकला प्रतियोगितामा म्याग्दीका प्रदिप कार्की प्रथम भएका छन् ।

म्याप्दीको बेनी नगरपालिका ५ लब्लीहिल घर भइ हाल जापानमा रहेका कार्कीले १७ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै नगद सहित पुरस्कार हात पारेका हुन् ।

प्रतियोगितामा अन्जला राजवंशी दोस्रो र लेखनाथ बगाले तेस्रो भए । प्रतियोगितामा यस वर्षदेखि सुरु गरिएको दर्शक छनौट प्रतियोगी मध्ये दोश्रो भएकी अन्जला राजवंशी दर्शकको रोजाईमा परेकी थिईन ।

2

प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद ३० हजार, २० हजार तथा १० हजार तथा प्रमाणपत्र हात पारेका हुन् ।

विजेताहरुलाई जापानका लागि कार्यबहाक नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले पुरस्कार प्रदान गरेका थिए । अध्ययनको सिलसिलामा जापानमा रहेका कार्की विभिन्न क्षेत्रमा क्रियाशील छन् ।3

समारोहमा प्रमुख अतिथि कार्यबहाक राजदूत राजभण्डारीले नेपाल जापानवीचको सम्वन्ध मजवुद बनाउन प्रतियोगिता महत्वपूर्ण रहेको उल्लेख गरे ।

यसैगरी गैरआवासीय नेपाली संघ एनआरएनए उपाध्यक्ष भवन भट्टले यसप्रकारका प्रतियोगिताबाट विद्यार्थीले आफ्नो व्यक्तित्व उजागर गर्न सक्ने उल्लेख गरे । उनले विद्यार्थीहरु जापानमा भाषामा सक्षम भएको खण्डमा धेरै अवसर रहेको भन्दै कडा मेहनत गर्न पनि सुझाव दिए ।winner

एनआरएनए जापानका अध्यक्ष सुदन थापाले यस प्रतियोगिताले विद्यार्थीहरुको प्रतिभा उजागर गर्न महत्वपूर्ण भुमिका खेल्ने बताएका थिए ।

नेपाकेन जापानको आयोजनामा भएको प्रतियोगिताका संयोजक विष्णु भण्डारीले कार्यक्रमको महत्व बारे प्रष्ट्याएका थिए भने नेपाकेनका संस्थापक जिज्ञानकुमार थापा, क्योदो समाचार एजेन्सीका प्रतिनिधि तथा जापान परराष्ट्र मन्त्रालयकी अधिकृत, पर्वतारोही लगायतका चारजना जापानीहरुले भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगितामा सहभागी तथा विजेताहरुलाई नेपाल जापान विद्यार्थी समाजले अर्को साता सम्मान गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?