नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ६० औं वर्ष, लोगो अनावरण

12884531_10156688750000075_199929989_nटोकियो । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पूरा भएको छ ।

दुई देशबीच कूटनीतिक सम्बन्ध स्थपनाको ६० औं वर्षगाँठको अवसरमा जापानस्थित कार्यबहाक नेपाली राजदूत गेहेन्द्र राजभण्डारी र जापानी विदेशराज्यमनत्री हे केइजी किहाराले संयुक्त रुपमा लोगो अनावरण गरेका छन् ।

जापानी परराष्ट्र मन्त्रालयलमा आयोजित लोगो अनावरण कार्यक्रममा सबैभन्दा बढी उमेरमा सगरमाथाको सफल आरोहण गरेका योचिरो मिउरा र लोगोका डिजाइनर हिरोमित्सु कोनोपनि सहभागी थिए ।

लोगोमा विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालको राष्ट्रिय फूल लालीगुराँस तथा जापानको सर्वोच्च शिखर माउण्ट फुजी र साकुरा अंकित गरिएको छ । Nepal-Japan Logo

सो अवसरमा जापानी परराष्ट्र राज्यमन्त्री किहाराले आगामी दिनमा नेपाल–जापान सम्बन्ध अझ बढी प्रगाढ हुने विश्वास व्यक्त गरे । उनले भूकम्प पीडित नेपालीहरुले सामना गरिरहेको कठिन परिस्थितिको सामना गरिरहेको भन्दै जापान सधैं नेपाल र नेपालीको साथमा रहने विश्वास दिलाए ।

जापानका लागि कार्यबहाक नेपाली राजदूत राजभण्डारीले नेपालको आर्थिक सामाजिक विकास तथा प्राकृतिक विपत्तिको समयमा जापान सरकार र जनताले गरेको सहयोग प्रति आभार व्यक्त गरे ।

सो अवसरमा सबैभन्दा बढी उमेर (८० वर्ष) मा सफलतापूर्वक सगरमाथाको आरोहण गरेका योचिरो मिउरालाई नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ६० औ वार्षिकोत्सवको सद्भावना दूत घोषणा गरिएको थियो ।

मिउराले सद्भावना दूत हुन पाउँदा आफू खुसी भएको भन्दै उनले नेपाल र जापानको द्विपक्षीय सम्बन्ध विस्तारमा सक्दो योगदान गर्ने विश्वास व्यक्त गरे ।

नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापनाको ६० औं वर्षगाँठ यो वर्षैभरी दुवै देशमा विभिन्न कार्यक्रम गरी मनाउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?