‘फूलैफूलको मौसम तिमीलाई’ लिएर दिनेश डिसी जापानमा

Dinesh DCटोकियो । जापानको टोकियो स्थित मेगुरो कुमिन सेन्टरमा प्रदर्शन हुने नेपाली कथानक चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ लिएर जापान आईपुगेका छन् ।

‘म नेपाली ग्रुप’ जापानको आयोजनामा मेगुरो कुमिन सेन्टर मार्च २७ तारिख आइतबार उक्त चलचित्र प्रदर्शन गरिँदैछ ।

धादिङ जिल्लामा तुइनबाट झुण्डिएर जोखिमपूर्ण रुपमा विद्यालय जान बाध्य बालबालिकाका लागि पुल निर्माणका लागि टोकियोमा उक्त फिल्म प्रदर्शन गर्न लागिएको हो ।

अमिर अलीको प्रस्तुती रहेको रोमान्टिक प्रेम कथा एवं सस्पेन्स कथावस्तु समेटिएको ‘फूलै फूलको मौसम तिमीलाई’ मा दिनेश डिसीको कथा तथा निर्देशन र सुरेश अधिकारीको संगीत रहेको छ ।

चलचित्रमा वास्तविक जोडी नायिका नीता ढुंगाना, नायक आमेश भण्डारी, विजय लामा, गीता अधिकारीलगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्र प्रर्दशनबाट उठेको मुनाफा रकम नेपालको धादिङमा तुइनबाट भुण्डिएर विद्यालय जाने विद्यार्थीको लागि झोलुङ्गे पुल निमार्णको लागि समर्पित गरिने आयोजकले यसअघि नै घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?